Like us!
Follow us!
Connect us!
Watch us!

सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न, १२५१ जनाको आवेदन रद्द

अर्थ संसार

मंगलबार, ११ असोज २०७९, ०९ : १२ मा प्रकाशित

सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न, १२५१ जनाको आवेदन रद्द

सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ २९ गतेदेखि असाेज २ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (असाेज ११ गते, मंगलबार) सम्पन्न भएको छ । उक्त आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडकाे कार्यालयमा सम्पन्न भएकाे हाे ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको हो। जसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्दथे ।

सिडिएसका अनुसार कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १५ लाख ३८ हजार ३ सय ८३ जना लगानीकर्ताहरूले एक अर्ब ७२ करोड ४४ लाख ३८ हजार रूपैयाँ बराबरकाे एक करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताका लागि आवेदन दिएका थिए । आईपीओ आवेदन दिनेहरु मध्यमा १ हजार २ सय ५१ जनाको आवेदन रद्द भएको छ ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएकाे थियाे । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी १ लाख ५ हजार ८ सय जना लगानीकर्ताहरूले मात्रै १० कित्ता सेयर हात पारेका छन् । बाँकी आवेदकको हात खाली भएको छ । 

कसरी हेर्ने नतिजा ?

आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीकाे आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे  (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटकाे वेभसाइट, सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडकाे वेभसाइट र  मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको