Like us!
Follow us!
Connect us!
Watch us!

सिक्लेस हाइड्रोपावरको बिद्युत बिक्रि आम्दानी १९ करोड, अन्य अवस्था कस्तो ?

अर्थ संसार

सोमबार, ०१ फागुन २०७९, ०७ : ०६ मा प्रकाशित

सिक्लेस हाइड्रोपावरको बिद्युत बिक्रि आम्दानी १९ करोड, अन्य अवस्था कस्तो ?

सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । 

कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार दोस्रो त्रैमाससम्ममा ६ करोड २७ लाख ९२ हजार रुपैयाँ नाफामा छ । कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा ६ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १९ करोड ३३ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले बिद्युत उत्पादन सुरु गरेको थिएन । 
 
हाल चुक्ता पुँजी ८५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १६ करोड ९१ लाख ३७ हजार रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७७ पैसा र प्रतिसेयर नेटवर्थ ११९.९० रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको