Like us!
Follow us!
Connect us!
Watch us!

९२.१७ प्रतिशतले बढ्याे मन्दाकिनी हाइड्रोकाे नाफा, ईपीएस कति ?

अर्थ संसार

शुक्रबार, १७ भदौ २०७९, १२ : ५७ मा प्रकाशित

९२.१७ प्रतिशतले बढ्याे मन्दाकिनी हाइड्रोकाे नाफा, ईपीएस कति ?

मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चाैथाे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा कम्पनीले २ करोड ९० लाख ७६ हजार रूपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षको तुलनामा ९२.१७ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा कम्पनीले १ करोड ५१ लाख ३० हजार रूपैयाँ नाफा कमाएकाे थियो।

समिक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्री गरी ११ करोड ३६ लाख रूपैयाँ आम्दानी गरेकाे छ । गत वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्री गरी ९ कराेड ६५ लाख रूपैयाँ आम्दानी गरेकाे थियाे । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ५८ करोड ८० लाख रुपैयाँ र जगेडा कोषमा ३ करोड ७५ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीकाे प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ८८ पैसा रहेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

6311ad5845486.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको