Like us!
Follow us!
Connect us!
Watch us!

मन्दाकिनी हाइड्रोको नाफा घट्याे, अरू सूचक के भयाे ?

अर्थ संसार

शुक्रबार, ०२ मंसिर २०७९, १२ : ४६ मा प्रकाशित

मन्दाकिनी हाइड्रोको नाफा घट्याे, अरू सूचक के भयाे ?

मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ करोड ७ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ६३.१० प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा कम्पनीले २ करोड ९० लाख ७६ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म कम्पनीकाे अन्य आम्दानी भने बढेर १ करोड १२ लाख ३० हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा कम्पनीले १७ लाख ९० हजार रुपैयाँ अन्य आम्दानी गरेको थियो । यता पहिलाे त्रैमाससम्म कम्पीकाे डाइरेक्ट इन्कम भने ११ करोड ३६ लाख ८७ हजार रुपैयाँबाट घटेर ३ करोड ४३ लाख एक हजार रुपैयाँमा झरेकाे छ । 

त्यस्तै, कम्पनीको चुक्ता पुँजी ५८ करोड ८० लाख ३६ हजार रुपैयाँ रहेको छ । कम्पनीकाे जगेडा काेषमा ४ करोड ८२ लाख ४७ हजार रुपैयाँ सञ्चित रहेकाे छ । कम्पनीकाे प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ २ पैसा रहेकाे छ । कम्पनीकाे मूल्य आम्दानी अनुपात ४३.४१ गुणा रहेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको