Like us!
Follow us!
Connect us!
Watch us!

यसै वर्ष आईपीओ निष्कासन गरेको मन्दाकिनी हाइड्रोले गर्याे लाभांश घाेषणा

अर्थ संसार

शुक्रबार, ०१ पुस २०७९, ११ : ३२ मा प्रकाशित

यसै वर्ष आईपीओ निष्कासन गरेको मन्दाकिनी हाइड्रोले गर्याे लाभांश घाेषणा

मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

बैंककाे हिजाे (मंसिर २९ गते, बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीकाे करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले यही साउन ९ गते, साेमबारदेखि साउन १२ गते, बिहीबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड ७६ लाख ७३ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५८ हजार ८०३ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १० लाख ९३ हजार ७४९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

सूचना हेर्नुहाेस् :

639c079a55532.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको