Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्रमा सुधार: मन्त्री शर्मा

अर्थ संसार

शनिबार, १८ भदौ २०७९, १३ : ०५ मा प्रकाशित

सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्रमा सुधार: मन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा रहेकोे बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्र सकारात्मक सुधारमा रहेको बताए। 

मन्त्री शर्माले चाडवाड सुरु भएसँगै विप्रेषण बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै गएको बताए । उनले देशमा विप्रेषण बढेसँगै विदेशी मुद्रा सञ्चिती बढ्दै जाने र अर्थतन्त्र सवल हुँदै जाने विश्वास व्यक्त गरे । उनले तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने र चालु आवमा बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिए ।

मन्त्री शर्माले निजी क्षेत्रलाई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै देशमा लगानीयोग्य वातावरण रहेको बताए । कृषि, वनलगायतका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई उनले आग्रह गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको