नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मनमोहन अधिकारीवाहेक कुनै पनि नेपालका कम्युनिस्ट प्रधानमन्त्री विचौलिया र कमिसनखोरबाट टाढा रहन नसकेको स्वीकार गरेका छन् । माक्र्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा पूर्व अर्थमन्त्री शर्माले नेपालमा ९ पटक कम्युनिस्ट नेतृत्वको सरकार बने पनि सिद्धान्त अनुसार काम गर्न नसकेको बताए ।
उपमहासचिव शर्माले भने–प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ । तर त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन । दुःखका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरु कम्युनिस्ट नेताले असुली धन्दा गरैकै छन्,यो ठहर भएकै छ । यो आरोप होइन,यथार्थ हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस