Like us!
Follow us!
Connect us!
Watch us!

केहि प्रदेशमा भारी वर्षाको सम्भावना

अर्थ संसार

आइतबार, १९ भदौ २०७९, ०६ : ३९ मा प्रकाशित

केहि प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित छ। 

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका  केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १ का एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ ।

 प्रदेश १,  मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको