नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले नेपालमा नयाँ स्टक एक्सचेञ्ज खाेल्ने तयारी गरेकाे छ । लामाे समयदेखि बाेर्ड समक्ष लगानीकर्ताहरूले नयाँ स्टक एक्सचेञ्जकाे माग गर्दै आईरहेका थिए ।
सेबाेनले साेही अनुसार नयाँ स्टक एक्सचेञ्जलाई लाईसेन्स दिन आफ्नो नियमावली संशोधन गरेको छ । संशोधन गरिएकाे नियमावली अर्थमन्त्रालयमा पनि पठाइ सकिएको छ ।
धिताेपत्र बाेर्डकाे गत बुधबार सम्पन्न भएकाे सञ्चालक समितिको बैठकले धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ लाई संशोधन गरेर अर्थ मन्त्रालय पठाएको हो । जस अनुसार नयाँ खुल्ने स्टक एक्सचेञ्जकाे पूँजी ३ अर्ब हुनेपर्नेछ । त्यस्तै, साे नियमावली अनुसार निजी क्षेत्रले पनि नयाँ स्टक एक्सचेञ्ज खाेल्न पाउनेछन् ।
अब अर्थ मन्त्रालयले उक्त नियमावली स्वीकृत गरेपछि सेबाेनले नयाँ स्टकलाई लाईसेन्स दिन आवश्यक प्रकृया सुरु गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस