Like us!
Follow us!
Connect us!
Watch us!

श्रृजनशील लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म यसरी पर्याे आवेदन, सेयर पाउन भाग्यकै भर

अर्थ संसार

आइतबार, १९ भदौ २०७९, १७ : ३२ मा प्रकाशित

श्रृजनशील लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म यसरी पर्याे आवेदन, सेयर पाउन भाग्यकै भर

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) भर्ने आज (भदाै १९ गते, आइतबार) अन्तिम दिन थियाे । 

सिडिएसका अनुसार कम्पनीकाे आईपीओमा अन्तिम दिन आइतबार बेलुका ५:०५ बजेसम्म १९ लाख ५ हजार १ सय ८६ जना लगानीकर्ताहरूले २ अर्ब ९ करोड ६४ लाख ५ हजार रूपैयाँ बराबरकाे २ करोड ९ लाख ६४ हजार ५० कित्ताका लागि आवेदन दिएका छन् ।

संस्थाले प्रतिकित्ता ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र निष्काशन गर्न लागेको सेयरको ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारणलाई छुट्याइएकाे थियाे ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको