Like us!
Follow us!
Connect us!
Watch us!

आइतबारको हरियाली नेप्सेमा टिकेन : ब्राेकरहरू विदेशिँदा १ अर्ब पुगेन काराेबार रकम

नेप्से

सोमबार, २० भदौ २०७९, १५ : ०३ मा प्रकाशित

आइतबारको हरियाली नेप्सेमा टिकेन : ब्राेकरहरू विदेशिँदा १ अर्ब पुगेन काराेबार रकम

आज (साेमबार) फेरि सेयर बजारले ओरालो यात्रा नै तय गरेकाे छ । नेप्से परिसूचक घट्दा काराेबार रकम १ अर्ब पनि पुग्न सकेन । नेपालका ब्राेकर कम्पनीका सञ्चालकहरू यतिबेला तालिम एवमं मुम्बइ स्टक एक्सचेञ्ज अवलाेकलनका लागि भारत गएका छन् । साेही कारण पनि काराेबार रकम प्रभावित भएकाे अनुमान लगाउन सकिन्छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४.२९ अंकले घटेर १९७३.०१ विन्दुमा झरेकाे छ । नेप्से ०.२२ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.८२ अंकले घटेर ३८२.९५ विन्दुमा झरेको छ । 

कूल २२४ वटा कम्पनीकाे २४ लाख ४४ हजार ३ सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा ९० करोड ९९ लाख ४ हजार ७ सय ५१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज लघुवित्त फण्ड र उत्पादन तथा प्रषाेधनबाहेक बाँकी सबै वटा उपसमूहकाे सेयर घटेको छ । 

त्यसैगरी, साेमबार पनि काराेबार रकममा रिडी हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले नै अग्रता कायम गरेकाे छ । कम्पनीकाे ९ कराेड ९६ लाख ९४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ७.४३ प्रतिशतले बढेर ४ सय ९३ रूपैयाँ ३० पैसा पुगेकाे छ । 

यस दिन रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.५५ प्रतिशतले घटेर ९ सय २० रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको