Like us!
Follow us!
Connect us!
Watch us!

कप्तान सन्दीपको निलम्बनबारे छलफल गर्दै क्यान

अर्थ संसार

बुधबार, २२ भदौ २०७९, १२ : ०३ मा प्रकाशित

कप्तान सन्दीपको निलम्बनबारे छलफल गर्दै क्यान

नेपाली किक्रेट टिमका कप्तान सन्दीप लामिछानेकाे निलम्बनकाे तयारी भएकाे छ । लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनकाे निलम्बनका विषयमा अनौपचारिक छलफल सुरू गरेकाे छ ।

क्यानले उपत्यका बाहिर रहेका क्यान अध्यक्ष चतुरबहादुर चन्द फर्किएपछि उपलब्ध पदाधिकारी तथा बोर्ड सदस्यहरुको बैठक बसेर के गर्ने भन्ने विषयमा निर्णय गर्नेछ ।

लामिछाने यतिबेला क्यारेबियन क्रिकेट लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन् । केन्या भम्रणबाट उनी सिधै वेस्ट इन्डिज गएका थिए । 

पीडितले भनिन् ‘लामिछानेले दिउँसाे भक्तपुर घुमाए, राति काठमाडौं ल्याएर बलात्कार गरे’

एक जना १७ वर्षीया नाबालिकाले मंगलबार प्रहरी वृत्त गौशालामा लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी थिईन् । 

उजुरीमा ती नाबालिकाले गत भदौ ५ गते काठमाडौँ र भक्तपुरको विभिन्न स्थानहरूमा लगी काठमाडौँ ल्याई रातको अन्दाजी ११ः५५ बजे काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको कोठा नं. ३०५ मा लामिछानेले आफूलाई राखेको बताएकी छन् ।

भदौ ६ गते रात अन्दाजी १२ः २५ बजेसम्म पटक पटक बलात्कार गरेको उनले उजुरीमा जनाएकी छन् । 

अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको