Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार ओरालो यात्रामै, काराेबार रकम ८३ कराेडमा सिमित !

नेप्से

बुधबार, २२ भदौ २०७९, १५ : ०६ मा प्रकाशित

सेयर बजार ओरालो यात्रामै, काराेबार रकम ८३ कराेडमा सिमित !

आज (बुधबार) पनि सेयर बजार ओरालो यात्रामै छ । नेप्से परिसूचक घट्दा काराेबार रकम ८३ कराेडमा सिमित छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.९७ अंकले घटेर १९३९.८८ विन्दुमा झरेकाे छ । नेप्से ०.६१ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.७० अंकले घटेर ३७७.३८ विन्दुमा झरेको छ । 

कूल २२४ वटा कम्पनीकाे २९ लाख ४३ हजार ७ सय ६९ कित्ता सेयर खरिदबिक्री हुँदा ८२ करोड ६२ लाख ३० हजार ५ सय ८३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक बाँकी सबै वटा उपसमूहकाे सेयर घटेको छ । 

त्यसैगरी, बुधबार काराेबार रकममा नेपाल टेलिकमले अग्रता कायम गरेकाे छ । टेलिकमकाे ५ कराेड १५ लाख ६० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज सनराइज फर्स्ट म्युचुअल फण्डकाे मूल्य सबैभन्दा धेरै बढेकाे छ । उक्त फण्डकाे मूल्य ७.७२ प्रतिशतले बढेर ११ रूपैयाँ ५८ पैसा पुगेकाे छ ।

यस दिन १० प्रतिशत प्राइम डिबेञ्चर, २०८८ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ५.८८ प्रतिशतले घटेर ९ सय २२ रूपैयाँ ४० पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको