Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी लगानीकर्तालाई अनलाइनबाटै सेवा

पत्रपत्रिका

आइतबार, २६ भदौ २०७९, ०६ : ५४ मा प्रकाशित

विदेशी लगानीकर्तालाई अनलाइनबाटै सेवा

विदेशी लगानीकर्ताले अबदेखि अनलाइनबाटै आफ्नो लगानी प्रस्तावको प्रक्रिया र प्रगतिबारे जानकारी लिन सक्ने भएका छन् । ठूला पूर्वाधार आयोजनामा वैदेशिक लगानी प्रवद्र्धन गर्दै आएको लगानी बोर्डको कार्यालयले यससम्बन्धी पूर्वाधार तयार गरिसकेको छ ।

लगानी बोर्डले २०७५ सालमा आयोजना गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा जनाएको प्रतिबद्धताअनुरूप भौतिक रूपमा एकल बिन्दु सेवा केन्द्र सञ्चालन गर्दैै आएकोमा अब यसलाई भर्चुअल (अभौतिक) स्वरूपमा विकास गरेको हो । उद्योग विभागले पनि त्रिपुरेश्वरस्थित आफ्नो कार्यालय परिसरमा  एकल  बिन्दु  सेवा  केन्द्र  सञ्चालन  गर्दै  आएको छ । 

बोर्डले  निर्माण  गरेको  सो  प्रणालीमा  विदेशी  लगानीकर्ताले नेपालमा लगानी गर्न आवदेन गरेदेखि नै पहुँच पाउने छन् । त्यस्तो प्रस्तावमा सरोकार राख्ने सरकारी विभाग तथा निकायले पनि सोही प्रणालीमा प्राप्त आवेदन विवरण तथा कागजातका आधारमा सहजीकरण तथा अन्य नियामकीय प्रक्रिया पूरा गर्नुपर्ने छ । प्रणालीमा लगानी बोर्डसहित नेपाल राष्ट्र बैङ्क, अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, वन तथा वातावरण मन्त्रालयजस्ता करिब १५ सरोकारवाला निकायलाई आबद्ध  गरिएको  छ  ।  यो  प्रणाली  कार्यान्वयनमा  आएपछि अब विदेशी लगानीकर्ताले आफूले गरेको प्रस्ताव कुन निकायले अध्ययन गरिरहेको छ र के कस्ता विषयलाई थप प्रस्टीकरण गर्नुपर्ने हुन्छ भन्ने स्पष्ट जानकारी पाउनेछन् । 

बोर्डले  आगामी  बुधबारदेखि  राजधानीमा  आयोजना गर्न लागेको दिगो पूर्वाधार लगानी मञ्चका अवसरमा  यो  प्रणालीको  उद्घाटन  गर्ने  तयारी  गरेको  छ  ।  बोर्डले  ओएसएस  डट  आईबीएन  डट  ओराजीमार्पmत यो सेवा दिनेछ । 

बोर्डले  बुधबार  आयोजना  गर्न  लागेको  लगानी मञ्चमा नेपालमा बन्ने पूर्वाधारलाई दिगो र वातावरणमैत्री बनाउँदै लगानी विषयमा पनि छलफल गरिँदै छ । सार्वजनिक निजी साझेदारी प्रवद्र्धनमार्पmत दिगो विकासलाई प्रेरित गर्दै अधिकतम लाभ सुनिश्चित गर्ने  विषयमा  स्वदेशी  तथा  विदेशी  लगानीकर्ता  नीति निर्माता वित्तीय साझेदार तथा अन्य विज्ञबीच परामर्श हुनेछ ।

गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको