Like us!
Follow us!
Connect us!
Watch us!

श्रृजनशील लघुवित्तको आईपीओ सोमबार बाँडफाँड  हुँदै, सेयर पाउन भाग्यकै भर

अर्थ संसार

आइतबार, २६ भदौ २०७९, १२ : १५ मा प्रकाशित

श्रृजनशील लघुवित्तको आईपीओ सोमबार बाँडफाँड  हुँदै, सेयर पाउन भाग्यकै भर

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गते बुधबारदेखि भदाै १९ गते, आइतबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भाेलि (भदाै २७ गते, साेमबार) बाँडफाँड हुने भएकाे छ ।  

उक्त आईपीओकाे बाँडफाँड साेमबार बिहान ९:१५ बजे निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलकाे कार्यालय, कमलपाेखरी, काठमाडाैँमा हुने क्यापिटलले जनाएकाे छ । 

संस्थाले प्रतिकित्ता ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र निष्कासन गर्न लागेको सेयरको ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारणलाई छुट्याइएकाे थियाे ।

कम्पनीकाे आईपीओमा अन्तिम दिन आइतबार बेलुका ५:०५ बजेसम्म १९ लाख ५ हजार १ सय ८६ जना लगानीकर्ताहरूले २ अर्ब ९ करोड ६४ लाख ५ हजार रूपैयाँ बराबरकाे २ करोड ९ लाख ६४ हजार ५० कित्ताका लागि आवेदन दिएका छन् ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी ३६ हजार ८ सय ५९ जनाले मात्र सेयर हात पार्नेछन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको