Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्काशनको तयारीमा रहेको हिमालयन रि को नाफा २७ करोड, अन्य अवस्था कस्तो ?

अर्थ संसार

मंगलबार, २८ भदौ २०७९, ०८ : १८ मा प्रकाशित

आईपीओ निष्काशनको तयारीमा रहेको हिमालयन रि को नाफा २७ करोड, अन्य अवस्था कस्तो ?

गत बर्ष जेठको तेस्रो साता कम्पनी स्थापनाका लागि सैद्धान्तिक स्वीकृति पाई असार १७ गतेबाट सञ्चालित हिमालयन रि इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको अन्तिम त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरण अनुसार समिक्षा अवधिमा कम्पनीले २७ करोड ८२ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीले १९ करोड ६४ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा हासिल गरेको थियो । 

यो अवधिमा कम्पनीले ७७ करोड १७ लाख ९५ हजार रुपैयाँ खुद बिमा शुल्क बापत आम्दानी गरेको छ भने ३ करोड ३७ लाख ३९ हजार रुपैयाँ दाबि भुक्तानि समेत गरिसकेको छ ।

७ अर्ब चुक्त्ता पूूँजी भएको कम्पनीको जगेडा कोषमा १२ करोड ५१ लाख ८९ हजार रुपैयाँ सञ्चित छ । 

हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको कार्तिक २६ गते सम्पन्न प्रथम वार्षिक साधारण सभाले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः 

631fec817422e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको