Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रि इन्स्योरेन्सको आईपीओले कति पायो रेटिङ ?

अर्थ संसार

बुधबार, २९ असार २०७९, ०८ : २९ मा प्रकाशित

हिमालयन रि इन्स्योरेन्सको आईपीओले कति पायो रेटिङ ?

हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ ।

कम्पनीको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले (इक्राएनपी–आईआर) ए माइनस रेटिङ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त गर्ने संस्था समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ र यस्ता संस्थाहरुको न्यून कर्जा जोखिम रहेको हुन्छ।

कम्पनीको जेठ २७ गते सम्पन्न विशेष साधारण सभाले प्रिमियममा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।

निजीक्षेत्रको स्वामित्वको यस कम्पनीको चुक्ता पूँजी रू. १० अर्ब रहेको छ । त्यसमा संस्थागततर्पmको लगानी रू. ७ अर्ब रहेको छ । बाँकी रहेको ३ अर्ब भने सर्वसाधारण शेयर (आईपीओ) निष्कासन गरेर जुटाउन लागेको हो । कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत आईपिओ जारी गर्न लागेको हो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको