Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रिइन्स्योरेन्सको विशेष साधारणसभा आज, आईपीओ निष्कासनको प्रस्ताव पारित हुँदै

अर्थ संसार

शुक्रबार, २७ जेठ २०७९, ०६ : २० मा प्रकाशित

हिमालयन रिइन्स्योरेन्सको विशेष साधारणसभा आज, आईपीओ निष्कासनको प्रस्ताव पारित हुँदै

हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा आज शुक्रबार हुँदैछ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको विशेष साधारण सभा आज जेठ २७ गते, शुक्रबार होटल अल्फट, ठमेल काठमाडौंमा दिउँसो २ बजेबाट सुरू हुनेछ ।

सभाले सर्वसाधारणका लागि प्रिमियममा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने र सो कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको