Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रि इन्स्योरेन्सले सार्वजनिक गर्यो पहिलो वित्तिय विवरण, कस्तो छ वित्तिय अवस्था ?

अर्थ संसार

विहीबार, २३ मंसिर २०७८, ०६ : ४५ मा प्रकाशित

हिमालयन रि इन्स्योरेन्सले सार्वजनिक गर्यो पहिलो वित्तिय विवरण, कस्तो छ वित्तिय अवस्था ?

गत जेठको तेस्रो साता कम्पनी स्थापनाका लागि सैद्धान्तिक स्वीकृति पाई असार १७ गतेबाट सञ्चालित हिमालयन रि इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरण अनुसार समिक्षा अवधिमा कम्पनीले ४ करोड ४७ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैयाँ खुद बिमा शुल्क बापत आम्दानी गरेको छ भने १ करोड ७ लाख रुपैयाँ दाबि भुक्तानि समेत गरिसकेको छ ।

७ अर्ब चुक्त्ता पूूँजी भएको कम्पनीको जगेडा कोषमा ५ करोड १८ लाख २७ हजार रुपैयाँ सञ्चित छ । 

हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको कार्तिक २६ गते सम्पन्न प्रथम वार्षिक साधारण सभाले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः 

61b1558991b13.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको