हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको दोस्रो वार्षिक साधारण सभा कार्तिक ४ गते शुक्रबार, होटल अलफ्ट, ठमेल, काठमाण्डौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।
सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिनेछ । लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा जोक्सान हिसाब नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरिनेछ । लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने, संचालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने, संचालकको पारिश्रमिक, मता तथा सुविधा लगायतका विभिन्न प्रस्तावहरू सभामा पेश हुनेछन् ।
कम्पनीको अघिल्लो बर्षको बार्षिक साधारणसभाबाट नै सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित भई प्रक्रिया अगाडी बढेको छ ।
कम्पनीको सूचना यस प्रकारको छः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस