Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रोजगारीमा गएका सबैले आईपीओमा आरक्षण नपाउने, कसले पाँउछ ?(नियमावली सहित)

अर्थ संसार

मंगलबार, २८ भदौ २०७९, ०८ : ५७ मा प्रकाशित

वैदेशिक रोजगारीमा गएका सबैले आईपीओमा आरक्षण नपाउने, कसले पाँउछ ?(नियमावली सहित)

वैदेशिक रोजगारीमा गएका सबै नेपालीहरुले नेपालमा निष्काशन हुने प्राथमिक सेयर(आईपीओ) मा आरक्षण नपाउने भएका छन् । नेपालबाट श्रमस्विकृती लिएर गएका नेपाली श्रमिकहरुले मात्र आईपीओमा आरक्षण पाउने भएका छन् । 

नेपाल धितोपत्र बोर्डले नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली,२०७९ को छैठौ संशोधन सार्वजनिक गर्दै उक्त व्यवस्था लागु गरेको हो । नेपाल सरकारले चालु आर्थिक बर्षको बजेटमा समेत वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आईपीओमा आरक्षण दिने घोषणा गरेको थियो ।  

बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ९ लाई संसोधन गरी नियम ९ को उपनियम ६(क) मा संगठित संस्थाले सार्वजनिक निष्काशन गर्दा निष्काशित सेयरको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती गरी विदेशमा राजगारीमा रहेका नेपालीमा लागि छुट्ट्याई बाँडफाँड गर्नुपर्ने छ भन्ने व्यबस्था गरिएको छ । 

नियमावलीको पूर्णपाठः 

631ff6931411b.jpg 631ff6997f6dc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको