Like us!
Follow us!
Connect us!
Watch us!

श्रृजनशील लघुवित्तको आईपीओले कति पाउला ओपनिङ रेञ्ज  ?

अर्थ संसार

मंगलबार, २८ भदौ २०७९, १३ : ३२ मा प्रकाशित

श्रृजनशील लघुवित्तको आईपीओले कति पाउला ओपनिङ रेञ्ज  ?

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५  गतेदेखि  भदाै १९ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड हिजाे (भदाै २७ गते, साेमबार) नै सम्पन्न भइसकेको छ । 

संस्थाकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ । त्यसैले यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ ।

नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३ सय २ रूपैयाँदेखि अधिकतम ९ सय ६ रूपैयाँसम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

संस्थाकाे आर्थिक वर्ष २०७७/७८ को प्रतिसेयर नेटवर्थ ३ सय २ रूपैयाँ  रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ९ सय ६ रूपैयाँ हुन्छ ।

संस्थाले प्रतिकित्ता ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासन गरेको थियाे । कुल कित्ताको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र निष्कासन गर्न लागेको सेयरको ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारणलाई छुट्याइएकाे थियाे ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएकाे थियाे । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी ३६ हजार ८ सय ५९ जना लगानीकर्ताहरूले मात्रै १० कित्ता सेयर हात पारेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको