Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स रोक्न अर्को प्रपन्च : हमाल विरुद्ध अख्तियारमा उजुरी

अर्थ संसार

मंगलबार, २८ भदौ २०७९, १६ : १४ मा प्रकाशित

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स रोक्न अर्को प्रपन्च : हमाल विरुद्ध अख्तियारमा उजुरी

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सको प्रकृया तत्कालको लागि रोक्न फेरी अर्को प्रपन्च रचिएको छ। सार्वजनिक पदको दुरुपयोग गर्दै पैसाको चलखेल गरी नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स बाँड्न लागेको भन्दै धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालका विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको बुझिन आएको छ। आफ्नो अनुकुलको  सरकार नरहेको हुँदा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स आफूहरुले नपाउने देखेपछि एउटा व्यापारिक ग्रुप नयाँ स्टक एक्सचेन्ज सम्बन्धी प्रकृया तत्काललाई स्थगित होस् भन्ने चाहन्छ।  त्यस्तै  अहिले आफूहरुले एकछत्र राज गरिरहेको बजारमा नयाँ ब्रोकरहरुको प्रवेश हुँदा आफ्नो व्यापार चौपट हुने हुँदा ब्रोकरहरु नयाँ ब्रोकर लाइसेन्सको कुरालाई सकेसम्म खारेज नै गर्ने नभए केहि वर्षका लागि भए पनि  पर सार्ने कसरतमा लागेका छन्।

धितोपत्र बोर्डले तत्कालै ब्रोकर लाइसेन्स वितरण गर्ने मनसायले धितोपत्र व्यवसायी सम्बन्धी नियमावली संशोधन गर्ने प्रस्ताब मन्त्रीपरिषदमा पठाएको थियो। धितोपत्र बोर्डले पठाएको प्रस्ताबलाई मन्त्रिपरिषद विधायन समितिले उल्टोपाल्टो व्याख्या गरी नियमावली संशोधन गरेपछि नयाँ ब्रोकर लाइसेन्सको प्रकृया ३ वर्षको लागि पर सर्ने सम्भावना बढेर गएको अवस्थामा नयाँ स्टक एक्सचेन्जको कुरा पनि पर सरोस भन्ने उद्धेश्यले धितोपत्र बोर्डका अध्यक्ष हमाल विरुद्ध अख्तियारमा उजुरी हालिएको स्रोत बताउँछ। अख्तियारमा उजुरी परेको विषयलाई अख्तियारले क्लिन चिट नदिई अघि बढाउन नमिल्ने भएका कारण तत्काललाई नयाँ स्टक एक्चेन्ज सम्बन्धी विषयलाई तत्कालका लागि रोक्न षड्यन्त्र रचिएको पनि स्रोतको दावी छ।  

अख्तियारमा यो विषयमा बुझ्दा अहिले अनलाईनबाट पनि उजुरी हाल्न मिल्ने व्यवस्था भएको हुँदा त्यस किसिमको उजुरी परेको पनि हुन सक्ने तर अहिले नै आफूहरुको टेबलमा सो विषयमा कुनै उजुरी आइनपुगेको जानकारी अख्तियारका एक उच्च अधिकारीले दिएका छन्। 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको