लगानीकर्ता जगनाथ ढुङ्गेलले अध्ययन बिना पुँजी बजारमा प्रवेश गरेर कमाउँछु भन्नु मुर्खता मात्रै हुने हुने बताएका छन् । अर्थसंसारको लगानीकर्ताको आवाजमा कुरा गर्दै उनले बिना अध्ययन सेयर बजारमा आउँदा ढिलो चाँडो खाल्डोमा नै पुगिने बताएका हुन् ।
उनले ३० हजारको तलब पाउनका लागि १२/१५ वर्ष अध्ययन गर्नु पर्ने भन्दै सेयर बजारमा भने बिना अध्ययन कमाउन खोज्नु अनुत्पादक बन्न सक्ने बताए । व्यवसायीहरुलाई पक्राउ गर्दा ठूला लगानीकर्ता डराएको अवस्थामा साना लगानीकर्ताले मात्रै बजारलाई बढाउन नसक्ने उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस