Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको अग्राधिकार सेयर साधारण सेयरमा परिणत हुने, तोक्यो अन्तिम कारोबार मिति

अर्थ संसार

शुक्रबार, ३१ भदौ २०७९, ०९ : १७ मा प्रकाशित

एभरेष्ट बैंकको अग्राधिकार सेयर साधारण सेयरमा परिणत हुने, तोक्यो अन्तिम कारोबार मिति

एभरेष्ट बैंक लिमिटेडले जारी गरेको अग्राधिकार सेयर साधारण सेयरमा परिणत हुने भएको छ । आज बैंकले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । 

बैंकबाट जारी गरिएको साधारण शेयरमा परिणत हुने ण्५ अग्राधिकार शेयर जारी गर्दा प्रकाशित विवरण(पत्रको दफा ५।५ ९क० मा उल्लेख भए बमोजिम उक्त शेयर हरेक ३ ३ बर्षमा २० प्रतिशतका दरले साधारण सेयरमा परिणत गर्नुपर्ने प्रावधान अनुरुप पाँचौ तथा अन्तिम पटकको परिणत असोज १३ गते हुने भएकोले उक्त अग्राधिकार सेयरको कारोबार असोज ६ गतेसम्म हुने र त्यस पश्चात सो सेयरको सुचिकरण खारेज हुने बैंकले जनाएको छ । 

उपत्यका भित्र रहेका सेयरधनीहरुले एभरेष्ट बैंकको मुख्य कार्यालय, लाजिम्पाट काठमाडौं र उपत्यका बाहिर रहेका सेयरधनीहरुले बैंकको पायक पर्ने कुनै पनि शाखा कार्यालय मार्फत भौतिक रुपमा कायम अग्राधिकार सेयरको सक्कल प्रमाणपत्र तथा डिम्याट खाताको विवरण उपलब्ध गराईदिन तथा हालसम्म पनि उक्त सेयरबाट प्राप्त नगद लाभांश लिन बाँकी भएका सेयरधनीहरुले बैंकको सेयर शाखामा सम्पर्क राखी लाभांश रकमको भुक्तानी लिन हुन समेत बैंकले अनुरोध गरेको छ । 

बैंकले जारी गरेको सूचनाः

6323eebe9c68d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको