Like us!
Follow us!
Connect us!
Watch us!

उपायको ढुवानी सेवाहरु अब इसेवामार्फत बुक गर्न सकिने

अर्थ संसार

शुक्रबार, ३१ भदौ २०७९, १६ : ०३ मा प्रकाशित

उपायको ढुवानी सेवाहरु अब इसेवामार्फत बुक गर्न सकिने

नेपालको डिजीटल विकासमा उल्लेखनिय भूमिका निभाइरहेका दुई संस्था उपाय र इसेवाले हालै व्यापारीक सहकार्य गर्ने सम्झौता गरेका छन् । जस अनुसार अब उपायको घर सार्ने र ढुवानी सेवा, इसेवाको एप मार्फत पनि उपभोक्ताहरुलाई उप्लब्ध हुनेछ ।

प्रारम्भिक चरणमा, इसेवाले आफ्नो एपमा “घर सराई सेवा” समावेश गर्नेछ । एप प्रयोगताहरुले एउटा साधारण फारम भरेर सो सेवाको लागि अनुरोध पठाउन सकिनेछ । उपभोक्ताले आफ्नो रोजाईको सेवा र गाडी पनि छान्न सकिनेछ । 

अशोज महिनादेखि यो एप मार्फत उपायले मोटरसाइकल, कार्गो भ्यान, मिनी ट्रक र पिक अप ट्रकको माध्यमबाट ढुवानी सेवा पनि उपलब्ध गराउनेछ । उपायका प्रबन्ध निर्देशक सुमन रायमाझीले भने ‘यो  साझेदारीले घर सार्ने र बल्क डेलिभरीको आम उपभोक्ताको आधारभुत आवश्यकता पुरा गर्न मद्दत पुग्ने छ भन्ने कुरामा हामी विश्वस्त छौँ ’।

इसेवाका बिजनेस डेभलपमेन्ट हेड आशिष पछाईले भने, ‘इसेवाले जहिले पनि आम जनतालाई सहज हुने किसिमका सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनमा पनि ग्राहकलाई सहज हुने यस किसिमका सेवाहरु थप गर्दै जानेछौँ ’। 
   


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको