Like us!
Follow us!
Connect us!
Watch us!

फलफूल तथा तरकारीको मूल्य : आज केको मूल्य कति ?

अर्थ संसार

आइतबार, ०२ असोज २०७९, १० : ३३ मा प्रकाशित

फलफूल तथा तरकारीको मूल्य : आज केको मूल्य कति ?

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले अदुवा, हरियो फर्सी, मकै बोडी, झिगुनी, ठूलो गोलभेडा  खुर्सानीको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ रहेको जनाएको छ ।

त्यस्तै, अनार प्रतिकेजी ३२५ रुपैयाँ, अमला, लौका र पाकेको फर्सी ५५ रुपैयाँ, अम्बा र हाइब्रिड घिउ सिमी ९५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, रातो आलु भारतीय ३७ रुपैयाँ र मुडेको आलु ५६ रुपैयाँ रहेको छ ।

त्यस्तै, इमलीको औसत मूल्य प्रतिकेजी १४५ रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, लोकल काँक्रो ८५ रुपैयाँ, कागती २७३ रुपैयाँ ३३ पैसा, कुरिलो ७५० रुपैयाँ, अकबरे खुर्सानी १२६ रुपैयाँ ६७ पैसा, सुकेको खुर्सानी ४३५ रुपैयाँ, लोकल गाजर १३५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ रहेको छ ।

त्यस्तै, घिरौला, भटमासकोशा, तितो करेला र तने बोडी ८५ रुपैयाँ, चिचिण्डो २७ रुपैयाँ ६७ पैसा, चुकुन्दर र परवर ७५ रुपैयाँ, कन्य च्याउ १९० रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, टाटे सिमी ११० रुपैयाँ, छडी, बुचवा र मुंगरी माछा २३५ रुपैयाँ र रहु माछा ३१२ रुपैयाँ ५० पैसा रहेको छ । 

यसैगरी, तामा ११५ रुपैयाँ, तोरीको साग, लप्सी, भेडे खुर्सानी, भिण्डी र पिंडालू प्रतिकेजी ८५ रुपैयाँ, लोकल नासपाती ९५ रुपैयाँ, न्यूरो १०५ रुपैयाँ, सुकेको प्याज ३७ रुपैयाँ, ब्रोकाउली २७५ रुपैयाँ, रतो मूला ४२ रुपैयाँ ३३ पैसा, मौसम १४५ रुपैयाँ, रायोको साग १२५ रुपैयाँ, सुकेको चाइनिज लसुन २०५ रुपैयाँ, नेपाली लसुन १४५ रुपैयाँ, शरिफा १७५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ र फुजी स्याउ २६५ रुपैयाँ रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको