Like us!
Follow us!
Connect us!
Watch us!

चोलेन्द्र शमशेर जबरालाई निवासबाटै निस्किन रोक

अर्थ संसार

आइतबार, ०२ असोज २०७९, ११ : ५१ मा प्रकाशित

चोलेन्द्र शमशेर जबरालाई निवासबाटै निस्किन रोक

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बालुवाटारस्थित निवासबाट निस्किन दिइएको छ । आइतबार सर्वाेच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर जबरालाई निवासबाट रोक्न रोक लगाइएको हो । 

जबरा सर्वाेच्च फर्कने तयारी गरेपछि उननलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरु अदालत परिसरमा धर्ना दिएका छन् भने बाक्लो रुपमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । 

शनिबार मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको सांसदको कार्यालय नै सकिएपछि जबरा आइतबार सर्वाेच्च अदालत आउने बताएका थिए । 

जबरााविरुद्ध १ फागुन २०७८ मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो। दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए।

महाभियोगबारे प्रतिनिधिय सभाको महाभियोग सिफारिस समितिले छानबिन गरेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ । समितिको बहुमतले जबराविरुद्ध महाभियोग लगाउन सिफारिस गर्दै शनिबार प्रतिथवेदन बुझाएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको