Like us!
Follow us!
Connect us!
Watch us!

चोलेन्द्रशमशेर जबराकि छोरीको बयान-‘गठबन्धन सरकारले हामिलाई घरमै नगरबन्द गर्यो’

अर्थ संसार

आइतबार, ०२ असोज २०७९, १७ : ४० मा प्रकाशित

चोलेन्द्रशमशेर जबराकि छोरीको बयान-‘गठबन्धन सरकारले हामिलाई घरमै नगरबन्द गर्यो’

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकि छोरीले आँफुहरुलाई सरकारले घरमै नजरबन्द गरेर राखेको बताएकी छन् ।

सञ्चारकर्मीहरुसंग संक्षिप्त कुरा गर्दै उनले गठबन्धन सरकारले आफ्ना गल्ती र कमिकमजोरीलाई लुकाउन आँफुहरुलाई नजरबन्दमा राखेको बताएकिछन् । 

सरकारले आफ्नो शक्तिको दुरुपयोग गरेको उनको आरोप छ । सरकारले अहिले सबैको दमन गरिरहेको उनको आरोप छ ।

उनले नेपाल बारले सर्वोच्व अदालमा गुण्डाहरु ल्याएर राखेको भन्दै आँफुहरुलाई कालो कोट लगाउने मान्छे देख्ने वित्तिकै नराम्रो लाग्न थालेको समेत बताईन् । उनले अदालतलाई शम्भु थापा, रमन श्रेष्ठ र चण्डेश्वर श्रेष्ठको कब्जाबाट जोगाउन समेत आग्रह गरिन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको