Like us!
Follow us!
Connect us!
Watch us!

अबको संसद बैठकमा प्रधानन्यायाधीशमाथिको महाअभियोगबारे छलफल हुन्छ: मन्त्री बडू

अर्थ संसार

विहीबार, १९ फागुन २०७८, ०७ : ५२ मा प्रकाशित

अबको संसद बैठकमा प्रधानन्यायाधीशमाथिको महाअभियोगबारे छलफल हुन्छ: मन्त्री बडू

कानुन, न्याय तथा संसदीय मामलामन्त्री दिलेन्द्रप्रसाद बडूले अब बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरामाथिको महाअभियोग प्रस्तावका विषयमा छलफल हुने बताएका छन्। 

प्रतिनिधि सभाको आजको बैठकपछि संसद भवनमा पत्रकारसँगको कुराकानीमा मन्त्री बडूले नियमावलीमा भएको व्यवस्थानुसार प्रस्ताव अघि बढ्ने जानकारी दिए।

उनले हाम्रो नियमावलीको व्यवस्थानुसार महाअभियोग प्रस्ताव दर्ता भइसकेपछि सात दिनपछिको कुनै पनि बैठकमा राख्ने भन्ने रहेको पनि जानकारी दिए।

त्यसका लागि ११ जनाको महाअभियोग सिफारिस समिति बन्ने कानुनी व्यवस्था छ। यसको वस्तुगत आधारसमेत तयार गरेर पुनः संसदमा निर्णयार्थ ल्याउनका लागि तीन महिनाको समय पाउने पनि उनले जानकारी दिए।

उनले भने, ‘प्रतिनिधि सभाको आउने बैठकमा महाअभियोग प्रस्ताव अगाडि बढ्छ, यसबारे सल्लाह भइरहेको छ, किनभने समितिमा सबै दलको प्रतिनिधित्व हुने भएकाले सबैसँग सल्लाह गर्नका लागि अहिल समय लिइरहेका छौं, अबको बैठकमा यसबारे छलफल हुन्छ।’ 

प्रतिनिधि सभाको अर्काे बैठक यही फागुन २२ गतेका लागि बोलाइएको छ। सत्तारूढ गठबन्धन दलले फागुन १ गते प्रधानन्यायाधीश जबराविरूद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको थियो। 

नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले महाअभियोग प्रस्तावका  विषयमा सुरूमा पनि कुनै जानकारी नदिइएको र अहिलेसम्म पनि कुनै छलफल नभएको बताए।

उनले आजको संसद बैठकपछि पत्रकारसँगको कुराकानीमा सो कुरा बताएका हुन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको