रगतको अभावले कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्धेश्यले करिब २१ वर्ष अघिदेखि निरन्तर रक्तदान गर्दै आएका निकेश महर्जनले ६४ औं पटक सफल रक्तदान गरेका छन् । किर्तिपुरका ४० वर्षीय महर्जनले करिब २ वर्षदेखि हिमाल ब्लड बैंकसँगको सहकार्यमा रक्तदान कार्यक्रम पनि आयोजना गर्दै आएका छन् ।
हालसम्म कैयौंलाई प्रत्यक्ष रुपमा रक्तदान गरिसकेका उनले आफ्नो जीवनकालमा १०० पटक रक्तदान गर्ने उद्धेश्य राखेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस