Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तकाे सेयर आजबाट खुल्यो, कति छ मूल्य ?

अर्थ संसार

मंगलबार, ०४ असोज २०७९, ११ : २९ मा प्रकाशित

आशा लघुवित्तकाे सेयर आजबाट खुल्यो, कति छ मूल्य ?

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आज असोज ५ गतेदेखि ५१ हजार ९ सय ९० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ  ।

उक्त सेयरको न्यूनतम मूल्य ३ सय ९५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरूले प्रतिकित्ता ३ सय ९५ रुपैयाँलाई आधार मानेर सो वा साे भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नु पर्नेछ ।

यस सेयरमा ईच्छुक योग्य व्यक्तिले असोज १३ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम ६ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

त्यसैगरी, लगानीकर्ताहरूले निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्ने गरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको