Like us!
Follow us!
Connect us!
Watch us!

प्राईम लाइफले अधिकतम ८० रुपैयाँसम्म बोनस दिने

अर्थ संसार

बुधबार, ०५ असोज २०७९, ०८ : २३ मा प्रकाशित

प्राईम लाइफले अधिकतम ८० रुपैयाँसम्म बोनस दिने

प्राईम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर कायम गरेको छ ।

कम्पनीले बीमा समितिबाट भदौ ३१ गते स्वीकृत भए अनुसार विभिन्न प्रकारका बीमा योजनाहरूको आर्थिक वर्ष २०७७र७८ को बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ३५ रूपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस कायम गरेको छ । यस्तै, कम्पनीको सावधिक तथा आजीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ३६ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन् । 

त्यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ५० रूपैयाँदेखि अधिकतम ८० रूपैयाँसम्म बोनस पाइनेछ । कम्पनीको प्राईम जिवन उपहार अग्रिम भुक्तानि योजनामा प्रति हजार न्यूनतम ४२ रूपैयाँ र प्राईम जिवन उपहार सावधिकमा ४० रूपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनस दर यस प्रकारको छः

632a796c4c21b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको