Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपतिको कदमबारे एमाले मौन, उपमहासचिव भन्छन्-‘हामी कुनै टिप्पणी गर्दैनौं’

अर्थ संसार

बुधबार, ०५ असोज २०७९, ०९ : ४९ मा प्रकाशित

राष्ट्रपतिको कदमबारे एमाले मौन, उपमहासचिव भन्छन्-‘हामी कुनै टिप्पणी गर्दैनौं’

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता९पहिलो संशोधन० ऐन २०७९ को विधेयक प्रमाणीकरण नगरिदिएपछि निस्क्रिय बनेको छ ।

राष्ट्रपतिको उक्त कमदको कतिपय संविधानविद् तथा राजनितीक दलका नेताहरुले बिरोध गरिरहेका छन् भने कतिपयले बचाउ । तर राष्ट्रपतिको पछिल्लो कदमबार अहिलेसम्म नेकपा एमाले भने मौन रहेको छ उसले राष्ट्रपतिको कदको बिरोध वा समर्थनमा कुनै प्रतिक्रिया दिएको छैन ।

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले भने राष्ट्रपतिको कदमबारे आँफुहरुले कुनै टिप्पणी नगर्ने बताएका छन् । ‘राष्ट्रपतिका काम, कदमबारे हामी कुनै टिप्पणी गर्दैनौं। कुनै पनि संस्थाको गरिमा ख्याल गर्नुपर्छ,’ उनले भने।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको