Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिभिजनले माग्यो समाचार प्रस्तोता, लिखित परीक्षा दिनु नपर्ने

अर्थ संसार

बुधबार, ०५ असोज २०७९, १२ : ३७ मा प्रकाशित

नेपाल टेलिभिजनले माग्यो समाचार प्रस्तोता, लिखित परीक्षा दिनु नपर्ने

नेपाल टेलिभिजनको समाचार च्यानलमा नेपाली र अंग्रेजी समाचार प्रस्तोता एवं समाचारमूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त माग गरिएको छ।

सूचनाअनुसार नेपाली समाचार प्रस्तोता सात र अंग्रेजी समाचार प्रस्तोता तीन गरी १० जना समाचार प्रस्तोता माग गरिएकाे छ ।

उमेदवारको न्यूनतम शैक्षिक योग्यता कम्तीमा स्नातक वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । समाचार प्रस्तुतिमा दक्षता र सम्बन्धित भाषामा राम्रो ज्ञान भएका उम्मेदवारलाई प्राथमिकता दिइने नेपाल टेलिभिजनले सूचनामार्फत उल्लेख गरेको छ ।

१० असोजभित्र आवश्यक कागज जागतसहित दरखास्त फारम भरी बुझाउन सकिने छ । यसपटक दरखास्त दिने उम्मेदवारले लिखित परीक्षा दिनु पर्दैन । अन्तर्वार्ताबाटै पत्रकार छानिने भएकाे छ

दरखास्त फारम नेपाल टेलिभिजनको वेबसाइट www.ntv.org.np बाट डाउनलोड गर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको