अर्थ संसार, काठमाडौं - केहिदिन देखि परेको अबिरल बर्षाका कारण तराईका जिल्ला आएको बाढीबाट पीडित बनेकाहरुको उद्धार तथा सहयोगमा लाग्न नेपाल जेसिजले आब्हान गरेको छ ।
१३८ शाखाका ५ हजार भन्द धेरै सदस्यहरु बाढी पीडितको सहयोगतथा उद्धारमा लागि सकेका छन् भने खाद्यान्न, कपडा, त्रिपाल र पिउने पानीको ब्यबस्था गरिरहेका छन् ।
कतिपय स्थानमा खाना पकाएर खुवाइरहेको जानकारी दिदैं नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारीलले झापा, मोरङ, सुनसरी, टीकापुर, चितवन, हेटौंडा लगायतको क्षेत्रमा आफ्ना सदस्यहरु उद्धार कार्यमा लागिरहेको बताए ।
अध्यक्ष अधिकारीले काठमाडौंमा रहेको जेसिजका शाखा र बिभिन्न संघ संस्थाहरुसँग समन्वय गरेर राहत संकलन र बितरण शुरु गरिसकेको जानकारी दिए ।
नेपाल जेसिजबाट पाउने सुबिधाको रकमबाट बाढी पीडितकालागि खर्च गर्ने घोषणा गर्दै अध्यक्ष अधिकारीले तन मनबाट बाढीपिडितको सहयोगमा लाग्न जेसिज सदस्यहरुलाइ आग्रह गरे ।
केन्द्रियपदाधिकारीहरुले उद्धारको कार्यलाई प्रभाबकारी बनाउन सम्बधित स्थानमै खटिएर कार्य गरिरहेका छन् । बाढी पीडितका लागि सक्दो सयहोग गर्न नेपाल जेसिजले सर्बसाधारणलाइ आग्रह गरेको छ ।
नेपाल जेसिजले यसअघि भुकम्प पीडितहरुलाई स्वतस्र्फुत संकलनभएको ३ करोड बराबरको सामानहरु उपलब्ध गराएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस