Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपा महाधिवेशनका कारण बिदाको दिन शनिबार पनि पनि बोलाइयो संसद् बैठक

अर्थ संसार

शुक्रबार, १२ असार २०८३, १२ : ३६ मा प्रकाशित

रास्वपा महाधिवेशनका कारण बिदाको दिन शनिबार पनि  पनि बोलाइयो संसद् बैठक

 रास्वपाको महाधिवेशन लम्बिँदा संसद् समेत प्रभावित भएको छ । संसद सचिवालयले लगातार दुई दिन बैठक स्थगित गरी सार्वजनिक बिदाको दिन शनिबार बैठक बोलाएको छ ।  यसअघि असार ११ गतेका लागि तय भएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । हिजो १२ गतेका लागि बोलाइएको बैठक पनि बस्न नसकेपछि अन्ततः भोलि असार १३ गते शनिबार बिहान ११ बजेका लागि सारिएको छ ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले 'विशेष कारणवश' बैठक बस्न नसकेको उल्लेख गर्दै स्थगित सम्बन्धी सूचना जारी गरेका छन् ।

प्रमुख दलका सांसदहरूको कार्यव्यस्तताका कारण संसद् चलाउन कठिन भएपछि सचिवालयले यस्तो निर्णय लिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको