Like us!
Follow us!
Connect us!
Watch us!

ओम मेगाश्री फर्मास्युटिकल्सले बोलायो विशेष साधारण सभा

अर्थ संसार

शुक्रबार, १२ असार २०८३, ११ : १९ मा प्रकाशित

ओम मेगाश्री फर्मास्युटिकल्सले बोलायो विशेष साधारण सभा

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले आगामी असार २८ गतेका लागि विशेष साधारणसभा बोलाएको हो ।  सभामा कम्पनीले रोयल फर्मास्युटिकल्स प्रा.लि.लाई प्राप्ति गर्ने सम्बन्धी विविध प्रस्तावहरू पेश गरी छलफल गर्नेछ। यसअघि असार २ गते साँझ ६:१५ बजे बसेको सञ्चालक समितिको बैठकले रोयल फर्मास्युटिकल्स प्रा.लि.लाई प्राप्ति गर्ने निर्णय गरिसकेको छ।

कम्पनीले यो विशेष साधारणसभा प्रयोजनका लागि असार २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असार २१ गतेसम्म कायम रहने शेयरधनीहरूले मात्र यो विशेष साधारणसभामा भाग लिन योग्य हुनेछन्।

सभामा रोयल फर्मास्युटिकल्स प्रा.लि.लाई प्राप्ति गर्नेसम्बन्धी विविध प्रस्तावहरू पेश हुनेछन्। सभामा प्राप्ति प्रक्रियाका लागि सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै हालसम्म भएका काम-कारबाही, निर्णय, पत्राचार र नियामक निकायका कार्यहरू अनुमोदन गरिनेछ। यसैगरी,  Due Diligence Audit (DDA) तथा सम्पत्ति र दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा तय गरिएको शेयर स्वाप अनुपातलाई स्वीकृत गरिनेछ। सभाले दुई कम्पनीबीचको अन्तिम समझदारीपत्र, प्राप्ति योजना र व्यावसायिक योजना स्वीकृत गर्दै स्वीकृत स्वाप अनुपात बमोजिम रोयल फर्मास्युटिकल्सका शेयरधनीहरूलाई ओम मेगाश्रीको शेयर जारी तथा बाँडफाँट गर्ने प्रस्ताव पारित गर्नेछ।

प्राप्ति प्रक्रियाका कारण कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजी, शेयर संरचना, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा लगिनेछ। अन्त्यमा, नेपाल धितोपत्र बोर्ड, नेप्से, सिडिएससी, कम्पनी रजिस्ट्रारको कार्यालय लगायतका नियामक निकायहरूको निर्देशन अनुसार प्रबन्धपत्रमा परिमार्जन गर्न र प्राप्ति प्रक्रिया सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण कागजातमा हस्ताक्षर, निवेदन, स्वीकृति, शेयर सूचीकरण तथा डिम्याट लगायतका सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्तावहरू सभामा पेश गरी पारित गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको