Like us!
Follow us!
Connect us!
Watch us!

इतिहासकै कमजोर अवस्थामा नेपाली रुपैयाँ !

पत्रपत्रिका

आइतबार, ०९ असोज २०७९, ०६ : ४४ मा प्रकाशित

इतिहासकै कमजोर अवस्थामा नेपाली रुपैयाँ !

नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ। नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो।

नेपालले भारतीय मुद्रासँग नेपाली मुदाको विनिमय दर स्थीर राखेको छ। त्यसैकारण भारतीय मुद्रा बलियो भए नेपाली मुद्रा बलियो हुन्छ, अनि कमजोर भए कमजोर हुन्छ ।

पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरिरहेको वैदेशिक लगानीका कारण भारु कमजोर भइरहेको भारतीय पत्रपत्रिकाहरुले लेखेका छन् । पछिल्लो समय रुस(युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्व बजारमा डलर महँगो बन्दै गएको छ।

अमेरिकी डलर बलियो भएपछि भारतीय रुपैयाँलगायत विश्वका अन्य मुद्रा कमजोर हुँदै गएका छन्। कारोबार दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको