Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो बजारमा अभियान लघुवित्तको काराेबार सुरू, कतिमा भयो पहिलाे कारोबार ?

अर्थ संसार

आइतबार, ०९ असोज २०७९, ११ : ०५ मा प्रकाशित

दोस्रो बजारमा अभियान लघुवित्तको काराेबार सुरू, कतिमा भयो पहिलाे कारोबार ?

धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (असाेज ९ गते, आइतबार) अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पहिलो कारोबार भएको छ ।

स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीकाे पहिलाे काराेबार प्रतिकित्ता ३ सय १६ रूपैयाँमा भएकाे छ । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १ सय ५ रूपैयाँ ३६ पैसादेखि अधिकतम ३ सय १६ रूपैयाँ ८ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे  थियाे । कम्पनीकाे काराेबार अधिकतम रेञ्जबाट सुरू भएकाे हाे । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि AVYAN  सिम्बाेल प्राप्त गरेकाे छ ।

शुक्रबार कम्पनीकाे २५ लाख कित्ता साधारण सेयर (आईपीओ)  धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको