Like us!
Follow us!
Connect us!
Watch us!

सिक्लेस हाइड्रोको आईपीओ मंगलबार बाँडफाँड हुँदै, सेयर पाउन भाग्यकै भर

अर्थ संसार

सोमबार, १० असोज २०७९, १० : १९ मा प्रकाशित

सिक्लेस हाइड्रोको आईपीओ मंगलबार बाँडफाँड हुँदै, सेयर पाउन भाग्यकै भर

सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ २९ गतेदेखि असाेज २ गते, आइतबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) भाेलि (असाेज ११ गते, मंगलबार) बाँडफाँड हुने भएकाे छ । 

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार उक्त आईपीओकाे बाँडफाँड भोलि बिहान ९ बजे हुनेछ । उक्त आईपीओकाे प्री-अलटमेन्ट गत शुक्रबार सम्पन्न भएकाे थियाे । 

सिडिएसका अनुसार कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १५ लाख ३८ हजार ३ सय ८३ जना लगानीकर्ताहरूले एक अर्ब ७२ करोड ४४ लाख ३८ हजार रूपैयाँ बराबरकाे एक करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताका लागि आवेदन दिएका छन् । 

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको हो। जसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्दथे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको