Like us!
Follow us!
Connect us!
Watch us!

सेबाेनले भन्याे नेप्सेको तथ्यांक शुल्क सम्बन्धी खबर तथ्यहिन र भ्रामक

अर्थ संसार

सोमबार, १० असोज २०७९, १३ : २० मा प्रकाशित

सेबाेनले भन्याे नेप्सेको तथ्यांक शुल्क सम्बन्धी खबर तथ्यहिन र भ्रामक

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तथ्यांक शुल्क सम्बन्धी खबर भ्रामक र तथ्यहीन रहेकाे बताएकाे छ । बाेर्डले पछिल्लाे समय यस सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशन भएकाे समाचारप्रति ध्यानाकर्षण जनाएकाे छ । 

"हालै केही अनलाईन संचार माध्यममा नेपाल स्टक एक्सचेञ्ज लि. को तथ्याङको शुल्क सम्बन्धमा बोर्डबाट ६ गुना सम्म वृद्धि गरि स्वीकृत गरेको भन्ने तथ्यहिन तथा भ्रामक समाचार प्रकाशित भएकोमा यस सम्बन्धमा बोर्डको गम्भिर ध्यानाकर्षण भएको छ।", विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा भनिएकाे छ, "यस सम्बन्धमा धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ (संशोधन सहित) को विनियम ३९क. मा धितोपत्रको कारोवार भए पश्चात उपलब्ध हुने तथ्याङ तथा जानकारी दिने सम्बन्धी कार्यलाई व्यवस्थित गर्न नेप्सेले कार्यबिधि बनाई लागू गर्न सक्ने र नेप्सेले बनाउने कार्यविधिमा धितोपत्रको कारोवार भए पश्चातको तथ्याङ्क तथा जानकारी उपलब्ध गराए बापत कुनै शुल्क लिने व्यवस्था भएमा त्यस्तो शुल्क बोर्डबाट स्वीकृत भए पछि मात्र लिन सकिने व्यवस्था बमोजिम नेप्सेबाट बोर्डमा पेश भएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तथ्याङ प्रयोग सम्बन्धी कार्यविधि, २०७७ मा उल्लेखित शुल्कहरु उक्त लि. बाट स्वीकृतिका लागि बोर्ड समक्ष प्रस्ताव गरिए बमोजिम यथावत नै रहने गरि स्वीकृत गरिएको व्यहोरा जानकारी गराइन्छ ।"  

विज्ञप्ति हेर्नुहाेस् :
 

63315831a3ab2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको