Like us!
Follow us!
Connect us!
Watch us!

अघि बढ्याे हिमाल दोलखा हाईडोकाे हकप्रद प्रकृया, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

सोमबार, १० असोज २०७९, १७ : २६ मा प्रकाशित

अघि बढ्याे हिमाल दोलखा हाईडोकाे हकप्रद प्रकृया, बिक्री प्रबन्धक नियुक्त

हिमाल दोलखा हाईडोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  राजिव सापकोटाले हस्ताक्षर गरेका छन् । 

काठमाडौँमा रजिष्टर्ड कार्यालय रहेको यस हिमाल दोलखा हाईडो पावर कम्पनीको हालको पुँजी १ अर्ब ६० कराेडको प्रति सेयर अंकित एक सय रूपैयाँको दरले १ कित्ता सेयरको ०.७५ प्रतिशत को अनुपातमा १ कराेड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा न.९ १० मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा न ९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइडोपावर संचालन गरेको छ ।

    
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको