Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्कासन गर्न थप ३ कम्पनीले दिए सेबाेनमा निवेदन

अर्थ संसार

मंगलबार, ११ असोज २०७९, १२ : ५६ मा प्रकाशित

आईपीओ निष्कासन गर्न थप ३ कम्पनीले दिए सेबाेनमा निवेदन

साधारण सेयर (आईपीओ) निष्कासन गर्न ३ वटा कम्पनीले नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएका छन् ।  मोदी इनर्जी लिमिटेड, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड र मेनछ्याम हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्न बाेर्डमा निवेदन दिएका हुन् । 

मोदी इनर्जी लिमिटेड

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ कराेड २१ लाख ५६ हजार ८ सय रूपैयाँ बराबरकाे १९ लाख २१ हजार ५ सय ६८ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा एक अर्ब २३ कराेड रूपैयाँ बराबरकाे एक कराेड २३ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

मेनछ्याम हाइड्रोपावर कम्पनी लिमिटेड 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १६ लाख २७ हजार ७ सय ५० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।

6332a2bc88396.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको