Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाद्वारा स्मार्टफोन विजेता घोषणा

अर्थ संसार

बुधबार, १२ असोज २०७९, १३ : ३६ मा प्रकाशित

कामना सेवाद्वारा स्मार्टफोन विजेता घोषणा

कामना सेवा विकास बैंकले डिजिटल करोबार प्रवर्द्धन गर्ने उद्देश्यका साथ यही भाद्र १९ देखि २४ सम्म KS Digital Week सञ्चालनमा ल्याएको थियो । उक्त सप्ताहमा डिजिटल करोबार प्रोत्साहन गर्नको लागि बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न अफरहरु उपलब्ध गराएको थियो ।

विभिन्न अफरमध्ये, F1Soft सँगको साझेदारीमा सञ्चालन गरेको अफर अन्तर्गत कामना सेवाका ग्राहकहरुले आफ्नो KS iMoblie App मार्फत कुनैपनि तीन वटा फरक Transactions गरेका दुई जनाले Smartphone प्राप्त गरी भाग्यशाली विजेता बन्न सफल भएका छन् ।

उक्त कारोबार गर्ने ग्राहकहरु बीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बिनय दाहालद्वारा Lucky Draw गरी हेटौंडाका अजित बिडारी र वीरगंजका Perfect Solution Centre लाई Smartphone को विजेता घोषणा गरिएको थियो । उक्त Smartphone बैंकले भाग्यशाली ग्राहकहरुलाई बैंकको सम्बन्धित शाखाका शाखा प्रमुखद्वारा उपहार हस्तान्तरण गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको