Like us!
Follow us!
Connect us!
Watch us!

नबिल ब्यालेन्स फण्ड-३ को न्याभ ८.२५ रुपैयाँः सबैभन्दा बढि लगानी वाणिज्य बैंकमा, कुनमा कति ?

अर्थ संसार

विहीबार, १३ असोज २०७९, ०६ : ३५ मा प्रकाशित

नबिल ब्यालेन्स फण्ड-३ को न्याभ ८.२५ रुपैयाँः सबैभन्दा बढि लगानी वाणिज्य बैंकमा, कुनमा कति ?

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स फण्ड-३ ले २०७९ साल भदौ मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

भदौ मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ८ रुपैयाँ २५ पैसामा सिमित रहेको छ । उक्त मूल्य साउन मसान्तको तुलनामा २८ पैसाले घटेको हो । साउन मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य ८ रुपैयाँ ५३ पैसा रहेको थियो ।

त्यसैगरी, भदौ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी घटेर ६० करोड ८० लाख ५५ हजार रूपैयाँ पुगेको छ । साउन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ६२ करोड १५ लाख १३ हजार रूपैयाँ लगानी गरेको थियो ।

त्यस्तै, नबिल ब्यालेन्स फण्ड-३ ले विभिन्न प्रकारका ६६ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।फण्डले सबैभन्दा बढि वाणिज्य बैंक उपसमुहमा लगानी गरेको छ । 
 
योजनाले सार्वजनिक गरेको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारको छः

6334ec1fa8346.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको