Like us!
Follow us!
Connect us!
Watch us!

सबैभन्दा बढी लाभांश क्षमता भएकाे एभरेष्ट बैंकको कस्ताे छ लाभांश इतिहास ?

अर्थ संसार

विहीबार, १३ असोज २०७९, ११ : २२ मा प्रकाशित

सबैभन्दा बढी लाभांश क्षमता भएकाे एभरेष्ट बैंकको कस्ताे छ लाभांश इतिहास ?

धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २६ वटा वाणिज्य बैंकहरू सूचिकृत छन् । गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मकाे वित्तीय विवरण नियाल्दा सूचिकृत वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै लाभांश क्षमता एभरेष्ट बैंक लिमिटेडकाे छ ।  

एभरेष्ट बैंकले कुल ४३.६७ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता रहेकाे छ । बैंककाे वितरणयाेग्य मुनाफा ३ अर्ब ८९ कराेड ५४ लाख ५४ हजार रूपैया रहेकाे छ । एभरेष्ट बैंकपछि लाभांश क्षमता सबैभन्दा धेरै हुनेकाे दाेश्राे नम्बरमा नबिल बैंक र तेश्राे नम्बरमा एनआईसी एशिया बैंक पर्दछन् । नबिल बैंककाे लाभांश क्षमता ३९.९४ प्रतिशत र एनआईसी एशिया बैंककाे लाभांश क्षमता ३३.२६ प्रतिशत रहेकाे छ । 

त्यस्तै, गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरूले औषतमा १८.०९ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता देखिएको छ। बैंकहरुको गत वर्षको नाफा र सेयरधनी कोषमा रहेको रकम समेतबाट औसतमा १८ प्रतिशत लाभांश बाड्न सक्ने क्षमता देखिएको हो। 

सबैभन्दा बढी लाभांश क्षमता भएकाे एभरेष्ट बैंक लिमिटेडकाे लाभांश इतिहास यस प्रकारकाे छ :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ५० प्रतिशत नगद गरि कूल ६० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र १.५८ प्रतिशत नगद गरि कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ५०.५३ प्रतिशत नगद गरि कूल ६०.५३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बाेनस र ५० प्रतिशत नगद गरि कूल ६२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र ६.५७ प्रतिशत नगद गरि कूल ३६.५७ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ७० प्रतिशत बाेनस र ३.६७५ प्रतिशत नगद गरि कूल ७३.६७५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि बैंकले आफ्ना सेयरधनीहरूलाई ३३ प्रतिशत बाेनस र १.७४ प्रतिशत नगद गरि कूल ३४.७४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस र २० प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस र ५.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

११. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७७/७८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ६ प्रतिशत बाेनस र ४.३२ प्रतिशत नगद गरि कूल १०.३२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको