Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स हाइड्रोपावरको आईपीओ भर्ने म्याद थप, अब कहिलेसम्म ?

अर्थ संसार

शुक्रबार, १४ असोज २०७९, १० : ३४ मा प्रकाशित

पिपुल्स हाइड्रोपावरको आईपीओ भर्ने म्याद थप, अब कहिलेसम्म ?

पिपुल्स हाइड्रोपावरले भदाै ३१ गते शुक्रबारबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गरेकाे आईपीओ भर्ने म्याद थपिएकाे छ । छिटाे अवधिमा सबै बिक्रीन भएपछि ढीला अवधिसम्म म्याद थपिएकाे हाे । अब यस आईपीओमा असाेज ३० गतेसम्म आवेदन दिन पाइनेछ ।

कम्पनीले स्थानीयलाई जारी पुँजीको ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नम्बर ६ र ७ का स्थानीय बासिन्दाहरुका लागि  ९ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ । 
 
लमजुङ जिल्लाका स्थानीय बासिन्दाहरुले २२ लाख ४० हजार कित्ता सेयरमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल मार्केटले गर्नेछ ।  जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँछ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । 
 
स्थानीय बासिन्दाले यसमा ग्लोबल आइएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउन्टरबाट आवेदन दिन सक्नेछन् । त्यसैगरि एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको