Like us!
Follow us!
Connect us!
Watch us!

राजसंस्थाको मुख्य एजेण्डा लिएर काठमाडौं १ बाट रवीन्द्र मिश्रको उम्मेदवारी घोषणा

अर्थ संसार

शुक्रबार, १४ असोज २०७९, १९ : ३७ मा प्रकाशित

राजसंस्थाको मुख्य एजेण्डा लिएर काठमाडौं १ बाट रवीन्द्र मिश्रको उम्मेदवारी घोषणा

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवारी दिने बताएका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवारी दिने घोषणा गर्दै उनले राजसंस्थाको एजेण्डा लिएर जनतामाझ जाने बताए । 

विवेकशील साझा पार्टी परित्याग गरि हालै राप्रपा प्रवेश गरेका मिश्रले शुक्रबार काठमाडौं १ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । जनतमाझ जाँदा संवैधानिक राजसंस्थाको एजेण्डा लिएर जाने बताउँदै उनले आफूले भोट नपाए पनि जनतालाई धन्यवाद दिने बताए । 

राजाको माया लागेर नभएर देशको हितका लागि राजसंस्थाको कुरा गर्दै भन्दै उनले भने, ‘देशमा कुनै न कुनै रूपमा संविधानले बाँधेर राजसंस्था पुनर्स्थापित गर्नुपर्छ । म यही एजेण्डा लिएर जनतामाझ जान्छु । भोट पाए पाउँछु, नत्र खुसीसाथ धन्यवाद व्यक्त गर्छु ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको