राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रलाई सम्मानित अदालतले धरौटीमा रिहा भएका छन् ।
वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आज अदालतमा उपस्थित भए पछि सुरू भएको थुनछेक बहस पछि उनी तीन लाख धरौंटीमा रिहा भएका हुन । न्यायाधीश तारादेवी महर्जनको एकल इजलासले उक्त आदेश दिएको हो ।
सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण मुद्दावाट रिहाइ भए पछि सम्पर्कबिहिन भएका भनिएका मिश्र आज काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए ।
यसअघि राप्रपा महामन्त्री धवल शमशेर राणा पनि अदालतको सम्पर्कमा नआए पछि खोजी सुरू भए पछि हिजो अदालतमा उपस्थित भएका थिए । उनी माथीको थुनछेक बहस पछि हिजो नै ३ लाख धरौटीमा रिहा भइसकेका छन् ।
गत चैत १५ गते तीनकुने, काठमाडौंमा भएको राजावादी आन्दोलनको क्रममा उपद्रव मच्चाएको आरोपमा मिश्र र राणालाई सोही राती पक्राउ गरिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस